ताजा अपडेट »

प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

आइतबार, ११ असोज २०७७, १५ : ३८
8 Shares

बुटवल । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टिनमा बसेका छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार उनको भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिवार कोभिड १९ संक्रमण देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार प्रधानसेनापति थापा स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै होम क्वारेन्टिनमा बसेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।