ताजा अपडेट »

नेपालमा कोरोनाबाट थप एक नेपाली सैनिकको मृत्यु

शनिबार, १० असोज २०७७, १४ : ४४
4 Shares

बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप एक नेपाली सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवान रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

ती सैनिकको शुक्रवार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि असोज ६ गते आइसियू भर्ना भएका सैनिकमा ८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

योसँगै कोरोनाका कारण नेपाली सेनामा कार्यरत् सैनिकको मृत्यु हुनेको संख्या २ पुगेको छ । हालसम्म कुल २ हजार १९७ सेनामा कोरोना संक्रमण देखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।