१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँल्याएका छन् ।

Advertisement

संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा राष्ट्रसङ्घीय विकास कार्यक्रम र बहुआयमिक गरीबी मित्रसमूह सञ्जालसँगको साझेदारीमा चिली र पाकिस्तान सरकारको सहआयोजनामा ‘गरीबीको दोसाँधः श्रेष्ठतम पुनर्निर्माणका लागि नेतृत्व र बहुआयमिक गरीबी सूचकाङ्कहरुको उपयोग’ विषयमा बिहीबार भएको उच्चस्तरीय पाश्र्व बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ सम्बोधन गर्दै उनले कोभिड-९का कारण उत्पन्न परिस्थितिबाट पार पाउन तथा अर्थतन्त्रलाई पूर्ववत् फर्काउँदै द्रुत विकासको पथमा अग्रसर हुन बेलैमा साधनस्रोत पुनः छुट्याउन अपरिहार्य भएको बताए ।

यथाशक्य चाँडो निरपेक्ष गरीबीको अन्त्य र सबै किसिमका अन्य गरीबी घटाउने नेपालको प्रयासलाई कोभिडको महामारीले गम्भीररुपमा प्रभाव पारेको वास्तविकता प्रस्तुत गर्दै उनले नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई महामारीले सिर्जना गरेको जोखिमबाट जोगाउन पर्याप्त प्रयास गरिइरहेको बताए ।

इमानदार राष्ट्रिय प्रयास र बृहत् विश्वव्यापी विकास सहायता तथा समर्पित सहयोगी कदमबाट नै अहिलेको महामारीलाई पराजित गर्न सकिने प्रधानमन्त्री ओलीले बताए । भरपर्दो बहुआयामिक गरीबी सूचकाङ्कले उपयुक्त नीति तर्जुमा गर्न उपयोगी आधार उपलब्ध भए पनि नेपालजस्तो विविध भौगोलिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक स्थिति भएका देशमा भिन्नभिन्न तहमा बहुआयमिक गरीबी सूचकाङ्क बनाउन जरुरी भएको बताउँदै उनले त्यसो गर्दा असमानता घटाउन तथा सबै किसिमका असमानता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकाङ्क्षा साकार पार्नका लागि न्यायपूर्ण रुपमा स्रोतसाधन छुट्याउन सकिन्छ भने ।

गरीबी नेपालको बहुआयामिक समस्या भएकाले निरक्षरता, बेरोजगारी र गरिबी घटाउने नेपाल सरकारका लक्षित कार्यक्रम तथा नेपाली जनताको जीवनस्तर सुधार, अत्यावश्यक सेवा प्रवाह, आधारभूत खानेपानी आपूर्ति र सरसफाईसहित नवीकरणीय ऊर्जामा पहुँच बढाउन भएका प्रयासको प्रधानमन्त्रीले चर्चा गरे।

सामाजिक न्याय र समानतामा आधारित आर्थिक विकास प्रवद्र्धन तथा सबै किसिमका विभेद र वञ्चितीकरणको अन्त्य गर्ने नेपालको नीति जानकारी गराउँदै उनले कोही पनि भाकै नरहोस् र खान नपाएर कसैको मृत्यु नहोस् भन्ने सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

अफगानिस्तान, चिली, कोष्टारिका र होण्डुरसका राष्ट्रपति, इक्वेडरका उपराष्ट्रपति तथा पाकिस्तानका प्रधानमन्त्रीलगायत नेताहरुले बैठकलाई सम्बोधन गरेको राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ? सरकार गठनबारे सबै विकल्पमा खुला राख्ने माओवादीको निर्णय विवाहमा रक्सी पिएर फर्किदा लडेर ४७ वर्षीय देव रावतको मृत्यु यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक समानुपातिकतर्फ कुन दलले कति मत पाए ? कालिकाको कायापलट : उच्च शिक्षा सुरु गरेको ९ वर्षमै उत्कृष्ट बन्न सफल