ताजा अपडेट »

रुपन्देहीमा थपिए १८ संक्रमित, कुन पालिकामा कति ?

सोमबार, ०५ असोज २०७७, १९ : २८
12 Shares

बुटवल । रुपन्देहीमा सोमबार १८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ९ जना महिला र ९ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ७२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा १३ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना र तिलोत्तमा नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।  रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ३०२ जना संक्रमित निको भएका छन भने ७४९ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।