ताजा अपडेट »

चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू

सोमबार, ०८ भदौ २०७७, १५ : २४
2 Shares

भरतपुर । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू श्य्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ ।

जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३ सय ६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेहरु समेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ । चिकित्सकीय सेवाको शहरका रुपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल रहेका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेपनि तयारी भने फितलो छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा प्रयाप्त आइसोलेशन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् । सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरु धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले गत बैशाख महिनासम्मको तथ्याङ्क अनुसार जिल्लाका अस्पतालहरुमा २४३५ श्य्या रहका छन् । ती मध्ये १७६ वटा आइसियू र ४९ वटा भेन्टिलेटर छन् । यो क्यान्सर अस्पताल बाहेकका अस्पतालको तथ्याङ्क भएको उनले बताए । भरतपुर अस्पतालमा ३० श्य्याको आइसियू छ । यसमा १० वटा कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ । अस्पतालमा रहेका छ वटा भेन्टिलेटर मध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ । “सामान्य अवस्थामा यो प्रयाप्त हो अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने”, तर कोभिडका बिरामी बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको अभाव हुने देखिन्छ ।” यो अवधिमा कुनैपनि अस्पतालले आइसियू र भेन्टिलेटर थप नगरेको उनले जानकारी दिए । “सङ्क्रमितका जीवनरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग कुरा गरेका छौं”,उनले भने । गम्भीर बिरामीको उपचारको लागि आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका सङक्रमित घरकै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आइसियू प्रयाप्त नभएको बताए । उनले भने, “क्यान्सर अस्पतालमा १५ श्य्याको आइसियू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ ।” उनले आवश्यक परेको खण्डमा त्यसका लागि पनि तयार रहेको जानकारी दिए। “क्यान्सर अस्पतालमा अहिलेसम्म कोरोनाका सङ्क्रमितको उपचार गरेका छैनौं” उनले भने “स्वाब परीक्षणका लागि ल्याब सञ्चालनको तयारीमा छौं ।” आवश्यक परेको खण्डमा भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित र क्यान्सर अस्पतालमा ननकोभिडको उपचार गर्न सकिने उनले बताए । “मान्छेको ज्यान भन्दा ठूलो कुरा केही होइन” उनले भने, “यो समयमा सबै कुराका लागि तयार हुनुपर्छ ।”

जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज ९सिएमसी० मा छन् । ३७ वटा भेन्टिलेटर आफूहरुसँग रहेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा। हरिशचन्द्र न्यौपाने जानकारी दिए । उनले भने, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं ।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उहाँले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिनुभयो । जिल्लाको अर्को कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ५० श्य्याको आइसियू कक्ष र १० वटा भेन्टिलेटर छन् । यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन् ।

नारायणी सामुदायीक अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले भने, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर प्रयाप्त छैन, कोभिडका लागि त झन् अभाव छ ।” अस्पतालका पाँच भेन्टिलेटर मध्य ३ वटा आइसियू र २ वटा अप्रेशन थ्रियटरमा प्रयोग हुने गरेको उहाँले बताए । दुई वटा श्य्या बराबर एक आइसियू हुनुपर्ने अन्तर्राष्ट्रिय प्रवधान रहेको उनले उल्लेख गरे । आइसियू खर्चिलो रहेका कारण पनि अस्पतालमा प्रयाप्त राख्न नसकिएको उनको भनाइ छ । पछिल्लो दिनमा जिल्लामा सङ्क्रमितहरु बढ्दै गएका छन् भने सङ्क्रमितमा लक्षणहरु पनि देखिने गरेको छ । समुदायमा फैलिएको कोरोनाको प्रभाव बृद्ध, दीर्घरोगी बालबालिका, सुत्केरीमा परेमा धेरै आईसियू र भेन्टिलेटरको आवश्यक पर्ने विज्ञहरु बताउँछन् । यसका लागि जिल्लामा तयारी पर्याप्त भएको उहाँहरुको भनाइ छ । सम्भावित महामारीलाई लक्षित गरी समयमै आईसियू र भेन्टिलेटरको व्यवस्था गर्नतर्फ सम्बन्धित निकायका ध्यान जानुपर्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।