२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

साङ्केतिक तस्वीर

गलकोट । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे रायडाँडा जाने सडक महिना दिनदेखि अवरुद्ध भएको छ । अविरल वर्षात्का कारण गत साउन १ गते बागलुङ नगरपालिका–९ तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण महिना दिनदेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको हो ।

Advertisement

सडक भासिएर गएको पहिराले गर्दा तत्कालै सडक खुलाउन नसकिए पनि प्रयास भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । महिना दिन बित्दासमेत सडकको वैकल्पिक व्यवस्था हुन नसक्नु दुखद् भएको तित्याङका राजु केसीले गुनासो गर्नुभयो । बुकेनीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्ने भन्दै तित्याङ वडा कार्यालयले पूर्वाधार निर्माणविना सडक सञ्चालनमा नआउने बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । सो सडकको बैरेनी गैरा र बागलुङ नगरपालिका–३ काठेखोलामा समेत ठूलो पहिरो गएको छ ।

भिरालो जमिन भएका कारण वैकल्पिक सडक निर्माण गर्न समेत समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ । साउनको पहिलो हप्ता बागलुङ जिल्लाका अधिकांश सडक वर्षात्का कारण अवरुद्ध भए पनि पानी कम पर्न थालेपछि सडक सञ्चालन भएको तर तित्याङ, भकुण्डे र रायडाँडा जोड्ने सडक खुलाउन सकिएको छैन । वडा कार्यालयले सडकलाई पुरानै अवस्थामा ल्याउन रु एक करोड रकम खर्च लाग्ने भन्दै गण्डकी प्रदेश सरकारलाई समेत आग्रह गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाको डोजरले पहिरो पन्छाउन र नयाँ ट्रयाक खोल्न खोजे पनि हालसम्म सम्भव नदेखिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पहिराका कारण तित्याङ, भकण्डे तथा रायडाँडामा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल ल्याउनसमेत समस्या भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत