ताजा अपडेट »

डेढ लाख नगदसहित दाङमा आठ जना जुवाडे पक्राउ

शनिबार, ०६ भदौ २०७७, १७ : ३९
8 Shares

दाङ । दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० चारबगिया बस्ने कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलीरहेका आठ जनालाई नगद सहित प्रहरीले शुक्रवार बेलुकी साढे पाँच बजेतिर पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले कुखुरा फर्म सन्चालकलाई समेत पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरी नायव निरिक्षक गणेश गिरीको कमाण्डमा गएको ५ जनाको प्रहरी टोलीले उनीहरुलाई १ लाख ५८ हजार ३ सय रुपैया नगद, ३ गड्डी तास र नखोलेको १० गड्डी तास सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।पक्राउ परेकाहरुका नाम खुलाईएको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।