ताजा अपडेट »

लकडाउन : रङ्गाइँदै बुटवलका सडक (फोटो फिचर)

विहीबार, २२ जेठ २०७७, ११ : १८
8 Shares

बुटवल । बुटवलमा महामारी विरुद्धको अभियानसँगै सहरी सडकलाई रङ्गाउन सुरु गरिएको छ । महामारीसँग जोगिँदै सुरक्षित उपायका साथ मुख्य सहरी सडकलाई ट्राफिक संकेतसहित मार्किङ गरिएको छ । हालै पिच भएका मुख्य सडकलाई ट्राफिक संकेत सहित रङ्गाउने र सजाउने काम सुरु भएको उपमहानगरले जनाएको छ । बुटवलको सडक श्रृ्ंगार गर्ने काममा कोभिड–१९ विरुद्ध आवश्यक सुरक्षात्मक मापदण्ड अपनाइएको उपमहानगरले जनाएको छ । मुख्य सडकमा अहिले ट्रफिक लेन, जेब्राक्रसिङ तथा ट्राफिक संकेत बनाउने काम भइरहेको छ।

नयाँ पिच भएका तथा निर्माण भएका नगरका ठूला सडकहरुमा रोड मार्किङ्ग गरेर ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम भएको प्रमुख शिवराज सुवेदीले बताए उनले भने ‘अहिले बुटवलका मुख्य सडकहरु स्तरोन्नति भएका छन् । मापदण्ड अनुसार निर्माण भएका तिनै सडकमा ट्राफिक संकेतसहित शौन्दर्यकरण गरिँदैछ।’


बुटवलका अमरपथ,बि.पि.पथ, दरबारमार्ग पथ, इलाका प्रहरी कार्यालय अगाडिको बाटो, श्रवण पथ, मदन पथ, शुक्रपथ, धर्मपथ, दशरथ पथ लगाएतका मुख्य सहरी सडकहरुमा रोड मार्किङ्ग गरिएको वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । करिब २० लाख बराबरको बजेटमा मुख्य सडक शौन्दर्यकरणको काम भइरहेको उपमहानगरले जनाएको छ।

लकडाउनका कारण मानिसको आवागमन नभएको, सवारी साधन नगुडेको र पसलहरुसमेत बन्द रहेका अवस्थामा सडक शौन्दर्यकरण र ट्राफिक संकेत निर्माणका काममा सहज भएको वरिष्ठ इन्जिनियर श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।