ताजा अपडेट »

पत्रकार महासंघ गुल्मीद्वारा कोरोना कोष स्थापना

शुक्रबार, ०९ जेठ २०७७, २० : १०
6 Shares

गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले डेढ लाखको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ जिल्ला कार्य समितिको बैठकले पछिल्लो समय पत्रकार तथा संचारकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएकाले कोषको स्थापना र महासंघकै अतिथी गृहलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष नवराज भुसालले बताए ।

महासंघ केन्द्रिय कार्यालयलाई जिल्ला शाखाका सदस्यहरुको सदस्यता नविकरण छुट दिन माग गरेको । यो संकटको बेला पत्रकार कार्यरत संचारगृह आफै समस्या परेको र पत्रकारको आर्थिक अवस्था संकटमा परेकाले सकेसम्म सवै शुल्क नभए वा विशेष छुट प्रदान गर्न बैठकले आग्रह गरेको छ । महासंघ गुल्मीले जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मी र संचारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । सवै पत्रकारलाई २० थान माक्स र दुईसय मिलिलिटर सेनिटाइजर तथा संचार गृहलाई एक सय थान माक्स र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका सचिव टोपलाल अर्यालले बताए । पत्रकार महासंघलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, एकिकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले माक्स तथा सेनिटाइजर सहयोग गरेका थिए । महासंघका अध्यक्ष भुसालले सहयोग गर्ने विभिन्न संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा थप समन्वय आवश्यक रहेको बताए ।

पत्रकार महासंघको बैठकले जिल्लाका संचारगृहमा कार्यरत संचारकर्मीले कोरोना संक्रमणको बेला नियमित पारिश्रमीक पाए नपाएको, अरु मिडियामा काम गर्ने श्रमजिवी पत्रकारहरुको अवस्थाको बारेमा अनुगमन गर्ने भएको छ । जसको लागि पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य छवि पाण्डेयको संयोजकत्वमा महासंघको पुर्व अध्यक्ष जर्नादन घिमिरे, अनिल खत्री र तिलाचन पाण्डेय सदस्य रहेको समिति गठन गरेको छ । समितिले संचारगृहका कार्यरत कर्मचारीको अवस्था अनुगमन गरेपछि पारिश्रमीक दिन दवाव दिने पत्रकार महासंघका सचिव अर्यालले जानकारी दिए ।

उनले बैठकले लकडाउनको अवस्था बढ्दै गएकाले पत्रकार राहत प्याकेज बनाउन स्थानीय तह र विभिन्न संघसंस्थासंग आवश्यक आर्थिक सहयोगको लागि समन्य गर्न समिति गठन गरिएको बताए ।
बैठकले कार्यसमिति सदस्य रेशम कुवर संयोजक, केन्द्रिय पार्षद प्रेम सुनार र पत्रकार महासंघका सचिव टोपलाल अर्यालले समन्वयको गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।