ताजा अपडेट »

अर्घाखाँचीका सीमा नाका सिल

मंगलबार, ०६ जेठ २०७७, १० : २८
6 Shares

सन्धिखर्क । छिमेकी जिल्ला गुल्मीका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अर्घाखाँची उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिने भएको छ । जिल्ला सुरक्षा समिति बैठकले अर्घाखाँचीसँग जोडिएका सबै सीमा नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

रुपन्देहीको क्रिमसन अस्पतालमा कोरोना पुष्टि भएका गुल्मीका विरामी सन्धिखर्कको छायाँ पोलिक्लनिकमा चेक गराएर बुटवल गएको पाइएपछि उक्त पोलिक्लिनिक अर्को व्यवस्था नभए सम्म सिल गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था नभए सम्म बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

बैठकले तरकारी, किराना, मासु पसल विहान ७ देखि १० देखि खोल्ने, दूध पसल विहान ६ देखि ९ बजे र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्ने, जिल्लाको लकडाउनलाई थप कडाई गर्ने पनि निर्णय गरेको छ । अत्यधिक काम परेमा जिल्ला प्रशासन र प्रहरीलाई सम्पर्क गरि टिपाई मात्र हिडढुल गर्ने निर्णय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।