ताजा अपडेट »

एकै परिवारका तीन जनामा कोरोना आशंका

सोमबार, ०१ बैशाख २०७७, १८ : ५१
10 Shares

काठमाडौं । राजधानीको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना आशंका गरिएको छ । एक परिवारका ति तीन जना आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने तीनजनालाई स्वास्थ्य मन्त्रालयको आग्रहमा नियन्त्रणमा लिएर पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

पाटनको आइसोलेसनमा भर्ना भएका उनीहरुको पीसीआर परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । साधरणतया र्ः यापिड डायग्नोस्टिक टेस्ट किटको परीक्षण शतप्रतिशत ग्यारेन्टी हुँदैन। त्यसैले चिकित्सकहरुले पीसीआर परीक्षणका लागिपठाउँछन्। उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए। र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट जाँच गर्दा कोरोना देखिएपछि उक्त अपार्टमेन्ट परिसरलाई प्रहरीले ’लकडाउन’ गरेको छ। त्यहाँ बस्ने अन्यको पनि स्वास्थ्य परीक्षणको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ । यस अघि सोमबार दुई जना कोरोना पोजेटिभ देखिएसँगै नेपालमा १४ जना कोरोना संक्रमित संख्या १४ पुगेको छ । आशंका गरिएका तीन जनाको भने पीसीआर परीक्षणबाट मात्र यथार्थ नतीजा आउने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।