ताजा अपडेट »

तिनाउ मिसन बैंकद्वारा प्रदेश ५ को राहत कोषमा १० लाख सहयोग

बुधबार, २६ चैत्र २०७६, १८ : २०
6 Shares

बुटवल । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९) को रोकथाम तथा राहत कोषमा तिनाउ मिसन डेभलपमेण्ट बैंकले १० लाख रूपैयाँ सहयोग गरेको छ। संक्रमितको उपचार तथा विपन्न परिवारलाई खाद्यान्न वितरणका लागि स्थापना गरिएको राहत कोषमा बैंकका अध्यक्ष टिकाराम घिमिरे, संचालक समिती सदस्य जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा र प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले संयुक्त रूपमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर प्रसाद पोखरेललाई बुधबार हस्तान्तरण गरेका हुन् ।

बैंकको ५४ वटा शाखा कार्यालय रहेको स्थानका स्थानीय तहमा समेत रु १० लाख बरावरको राहत सामाग्री वितरण गरेको बैंकले जनाएको छ । उक्त राहत रकम एवं सामाग्री वितरणको लागि बैंकका सम्पुर्ण कर्मचारीहरुले १ दिनको पारिश्रमिक योगदान गरेका छन् र बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कोषबाट योगदान गरेको जानकारी गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।