ताजा अपडेट »

मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

बुधबार, १५ फागुन २०७५, १६ : ४१
2 Shares


फागुन १५ ,काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । ताप्लेजुङको दारेभीरमा भएको दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री अधिकारी र पाइलट छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो ।

हेलिकप्टरमा आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र युवराज दाहाल सवार रहेको बताइएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।