ताजा अपडेट »

चीनविरुद्ध नेपालको जित

मंगलबार, १४ फागुन २०७५, ०९ : २७
10 Shares



फागुन १३ , काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनविरुद्ध जित निकालेको छ । अहिलेसम्म नेपालले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै दोस्रो स्थानमा रहेको छ ।

नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोडेपछि नेपाल ५ रनले विजयी भएको हो ।

चीनका लागि झाङ मेइ ३२ रन जोडेर नटआउट भइन् भने ओपनर चिया झुले १८ रन जोडिन । नेपालको जितका लागि सिता रानामगरले ३ विकेट हात पारिन् ।

यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन जोडेको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन जोडिन भने सिता रानामगर र बिन्दु रावलले क्रमश: ११ र १० रन जोडे । अरु ब्याट्सम्यानहरु चल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्न वाङ मेङ र हान लिलीले २-२ विकेट लिएका थिए ।

जितसँगै नेपाल दोस्रो स्थानमा पुगेको छ भने सबै खेल जित्दै थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।