ताजा अपडेट »

प्राइम कमर्सियल बैंकद्वारा विभिन्न कम्पनीहरुसँग छुट सम्झौतमा हस्ताक्षर

मंगलबार, २५ बैशाख २०८१, १२ : २२
170 Shares

बुटवल । प्राइम कमर्सीयल बैंक लिमिटेड र रुपन्देहीको बुटवल उपमहानगरपालिका ०६, पुष्पलाल पार्क स्थित नेशनल प्याथ ल्याव बीच सोमबार छुट सम्झौता भएको छ । कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सीयल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख कुश सुदन सिंहले जानकारी दिए । सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गरिनेछ ।

सम्झौता अनुसार नेशनल प्याथल्यावबाट हुने सम्पूर्ण ल्याव टेष्टमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेड र बुटवल उपमहानगरपालिका–६, पुष्पलालपार्क स्थित सैनामैना हेल्थ सेन्टरबीच पनि छुट सम्झौता भएको छ । सम्झौता अनुसार कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गरिनेछ । सम्झौता अनुसार ओ.पि.डि, इण्डोस्कोपी, ल्याव टेष्ट, भिडियो एक्सरे, फार्मेसी, इ.सि.जि. र जनरल सर्जरीमा २० प्रतिशत छुट प्रदान गरिने छ ।

prime bank 1

यसैगरी बुटवल उपमहानगरपालिका–९, कालिकापथ मिलनचोक स्थित ड्रिम इन्टरनेशनल होटल प्रा.ली.सँग पनि बैंकले छुट सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई होटलले प्रदान गर्ने सेवाहरुमा छुट प्रदान गर्ने छ । खानामा १० प्रतिशत, बेभरेजमा ५ प्रतिशत, रुमभाडामा १५ प्रतिशत र सेवा दिएवापत स्विमिङ्गमा निस्शुल्क हुने गरि छुट प्रदान गरिने जानकारी प्राइम कमर्सियल बैंक लिमिटेड लुम्विनी प्रदेश प्रमुख कुश सुदन सिंहले जानकारी दिए ।

हाल, बैंकले आफ्‌ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

prime bank2

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।