ताजा अपडेट »

ब्याडमिन्टन खेलाडी उत्पादन गर्दै ‘लाफा समुह’

शनिबार, ०८ बैशाख २०८१, १९ : ४७
122 Shares

बुटवल । पछिल्लो समय सबैउमेर  समुहका युवा युवतीहरुको रोजाईमा रहेको ब्याडमिन्टन खेल देशका हरेक क्षेत्रमा खेलिदैँ आएको छ ।  खुल्ला  ठाउँमा र  कबर्डहलहरुमा खेलीने ब्याडमिन्टन खेलको बिकाससँगै यस खेललाई  आम  दर्शकहरुको  रोजाईमा समेत  पर्न थालेको छ  । 

ब्याडमिन्टन खेलको बिकास र खेलाडी उत्पादन गर्न बुटवलको  लाफा समुहले पछिल्ला दिनहरुमा  ब्याडमिन्टन खेलको विकासगर्ने  खेलाडीहरुलाई व्यवसायीक बनाउने  उदेश्यले  बिभीन्नतहका खेलाडीहरुलाई क्लबमा  अनुबन्धन गराएको छ  ।  शनिवार क्लबकोहल सुख्खानगरमा  आयोजित खेलाडी छनोट प्रतियोगितामा  रुपन्देहीका बिभीन्न क्षेत्रका   १९ जना  खेलाडीले भाग लिएका थिए । 

 ब्याडमिन्टन खेल्ने चाहान हुँदा हुँदै बिभीन्न कारणले खेलजिवनलाई  अगाडी लैजान नसकेका  खेलमा रुचीरहेका  उदयमान खेलाडीहरु बिच प्रतिसप्रर्धा गराउँदै खेलाडी छनोट गरीएको थियो  । लाफा  समुह बुटबलका  अध्यक्ष बबिन थापाले ब्याडमिन्टन खेलाडी उत्पादन र खेलको बिकास र्गन खेलाडी छनोट कार्यक्रम राखीएको  बताए ।

बिभिन्न कारणले  खेलाडीहरु लामो समय एकैठाउँमा नरहने  भएकाले  खेलाडीको अभाब नहोस र नया नया खेलाडीहरुले आफनो खेल कला देखाउने अवसर पाउन भनेर  ए बि सी  लेवल समुह   अनुसार खेलाडी  छनोट गरीएको बताए । खेलाडी छनोट कार्यक्रममा  रुपन्देही जिल्ला का १९ खेलाडीले भाग लिएकोमा १३ जना खेलाडी छनोटमा पर्ने सफल भएको अध्यक्ष थापाको  बताए  ।

प्रतिष्पर्धाबाट  छनोटमा परेका खेलाडीहरुलाई क्लबले  निःशुल्क प्रशिक्षण   व्यवस्थागर्ने  र   खेल खेल्न चाहिने खेलको स्तर अनुसार  रयाकेटको ब्यवथा र्गने,  खेलाडीलाई  कक, जुत्ता ड्रेस  हल  नि: शुल्क  उपल्बध गराउने छ ।यसरी क्लबमा छनोटमा परेका खेलाडीहरुलाई प्रतियोगितामा भाग दिन जाँदा लाग्ने सम्पूर्ण  ख्रर्च समेत क्लबले र्गने सल्लाहाकार बासुदेब लामिछानेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।