ताजा अपडेट »

टी-२० सिरिज : नेपालले टस जित्यो, नेदरल्याण्डस विरुद्ध पहिला ब्याटिङ गर्ने

मंगलबार, २२ फागुन २०८०, ११ : १७
84 Shares
मंगलबार, २२ फागुन २०८०
84 Shares

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेपछि पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् । नेपालको टोलीमा ओपनर कुशल भुर्तेल र आसिफ शेख, क्याप्टेन रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख रहेका छन् ।

नेदरल्यान्ड्सको टोलीमा म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह रहेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।