ताजा अपडेट »

सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकांक्षा विपरित: भीम रावल

आइतबार, ०२ बैशाख २०८१, १७ : ०८
66 Shares

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संबिधानको मर्म र जनताको आकांक्षाविपरित भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबि पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।नेता रावलले यस्तै कृत्य संघियताको मानक हो भने संघियताको औचित्य नभएको बताएका छन् ।

उनले भनेका छन्- कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुईजनाको मुख्यमन्त्रीमा दावी र एक दलका सदस्यको दुईतिर समर्थन !) संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।