ताजा अपडेट »

माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी

बुधबार, २३ फागुन २०८०, ११ : ४९
28 Shares

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ । वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ । 

 नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो । सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।

‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।