ताजा अपडेट »

प्यूठानमा वडाअध्यसहित ३ जनाको मोटरसाइकल आपसमा ठोक्कियो : ४ जना घाइते एक गम्भीर

बुधबार, २८ चैत्र २०८०, १६ : २४
350 Shares

बुटवल । प्यूठानको गौमुखी गाउँपालिका–३ का वडाअध्यक्षसहित ३ जनाको मोटरसाइकल आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो भएको सो दुर्घटनामा परी घाइते मध्ये १ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा प्यूठान नगरपालिका–७ पुन्यखोलाका २१ वर्षीय बब्लु नेपाली रहेका छन् भने वडा अध्यक्ष ६० वर्षीय जंगबहादुर पुनको अवस्था मध्यम रहेको छ । उनीहरु दुबै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बिजुवारबाट बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

लु ६९ प ६५६३ नम्बरको वडाअध्यक्ष पुन सवार मोटरसाइकलले सोही दिशमा रहेको लु २३ प १९५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलमा सवार प्यूठान नगरपालिका–३ साढेखोलाका २५ वर्षीय आकास के.एम. र उक्त मोटरसाइकलमै पछाडि सवार सोही ठाउँका ऋषि धामी सामान्य घाइते भएका छन् । विपरित दिशाबाट आइरहेको ग १८ प ७२०९ नम्बरका मोटरसाइकल चालक नेपाली गम्भिर घाइते भएका हुन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।