ताजा अपडेट »

बुटवलमा शेरेसको थ्रिएस सुविधासहितको शोरुम खुल्यो

शुक्रबार, ११ फागुन २०८०, १८ : ४७
74 Shares

बुटवल । विद्युतीय सवारी साधानको रुपमा नेपालको शीर्षस्थानमा रहेको शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयर पार्टस्को शोरुम बुटवलमा स्थापना भएको छ।

शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्युतीय साधानको उपभोगले नेपालमा वर्सेनि अरबौंको पेट्रोल, डिजेल आयातबाट गुमाउनुपर्ने राजवश्व जोगिने बताए । उनले गाडी बिक्री मात्रै नभएर यसको बेला बेलामा सर्भिस, स्पेयर पार्टस्को प्रायाप्त उपलब्धता हुनुपर्नेमा समेत जोड दिएका थिए ।

IMG_20240223_184432

कार्यक्रममा बोेल्दै नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराईले बुटवलमा विद्युतीय गाडीको रुपमा शेरेसको उपस्थिति आफैमा महत्वपूर्ण भएको बताएका थिए । उनले गाडीको पूर्ण सफलताको कामना समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सवारी साधनमा प्रयोग हुने ईन्धनको कारण नेपालले अरबौ रुपैयाँ गुमाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै यसलाई विद्यूतीय साधानले प्रतिस्थापन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा एम ए डब्लु वृद्धि अटोकर्पका बिजनेश हेड प्रसन्न पन्तले शेरेस गाडी अमेरिकी प्रविधि अनुसार चीनमा उत्पादन हुँदै आएको बताएका थिए । उनले हालसम्म यो कम्पनीको विद्युतीय गाडी नेपालमा सबैभन्दा बढी विक्री तथा बुकिङ्ग हुने गाडीको रुपमा रहेको बताएका थिए । उनका अनुसार नेपालमा ३ सय भन्दा बढी गाडी विक्री भैसकेको छ ।

कार्यक्रममा ईएम मोटर्सका निर्देशक राजेश घिमिरेले बुटवलमा शोरुम उद्घाटन संगै कम्पनीको गाडीको सेल्स, सर्भिस तथा स्पेयर पार्टस्मा अन्य कही कतै जान नपर्ने गरी सेवा प्रवाह गर्ने बताएका थिए ।

शेरेसको ब्रान्ड फाईनान्स् अटामेटिभ उद्योगले सन् २०३० मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाईल ब्रान्डको रुपमा मान्यता दिएको छ । शेरेस युरो प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो ।

यो विश्वका ७० देशमा रहेको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको शेरेसले चीन, जापान र अमेरिकामा ३ वटा आर एण्ड डी कम्पनी केन्द्रसंग मिलेर उत्पादन गर्दै आएको छ ।

नेपालमा शेरेसका ३ र मिनी ईभी गरी दुईवटा मोडलका गाडीहरु उपलब्ध रहेका छन् । जसको शेरेस ३ को कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा रहेका छन् । जसको बजार मूल्य ४९ लाख ९९ हजार ५२ लाख ९९ हजारबाट सुरु भएको छ।

शेरेसको मिनिईभी तीनवटा भेरियन्टमा उपलब्ध रहेको छ । लो ट्रिम १८० बेस अप्सन, मिड ट्रिम १८०, फुल अप्सन र टप ट्रिम २२० किलोमिटर अप्सन गरी ३ वटा रहेका छन् । जसको बजार मूल्य १३ लाख ९९ हजार, १६ लाख ४९ हजार, १७ लाख ९९ हजार रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।