ताजा अपडेट »

एमाले केन्द्रीय समिति बैठकमा प्रस्तावित एजेण्डामाथिको छलफल आज पनि जारी रहने

बुधबार, ०९ फागुन २०८०, ०७ : ३८
38 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । हिजोदेखि सुरू भएको केन्द्रीय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथि छलफल जारी राखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तब्य दिएको सो केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन ।

यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुदैँछ । गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रिय समिति बैठक सुरू भएको हो ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।