ताजा अपडेट »

नयाँ गठबन्धनमा राप्रपालाई सहभागी नगराउने माओवादी र एमालेको तयारी

सोमबार, २१ फागुन २०८०, ११ : ५७
168 Shares
सोमबार, २१ फागुन २०८०
168 Shares

काठमाडौं  । नयाँ गबन्धनमा राप्रपा नसमेटिने भएको छ । कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरुलाई बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन् । एजेन्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझादारी भएको ओलीको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।