ताजा अपडेट »

होराइजन गाैतमबुद्धमा खाना महोत्सव, रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम

मंगलबार, ०८ फागुन २०८०, १२ : २५
74 Shares

बुटवल । होराइजन गौतम बुद्ध मा।वि तिलोत्तमामा खेल सप्ताहको अन्तिम दिन आज खाना महोत्सव पुरस्कार वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नं। १ का वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौल, प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, विज्ञान संकाय प्रमुख प्रदीप अर्याल, प्राध्यापक डा।नारायण प्रसाद पन्थ, रुद्र भुसाल, विभिन्न विषयका विभागीय प्रमुख, शिक्षक तथा कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो ।

होराइजन गौतम बुद्ध मा।वि।का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुद्वारा आफूले विद्यालयमा सिकेका विभिन्न सीपहरु प्रदर्शन गर्न र विद्यार्थीहरुद्वारा तयार पारिएका खानाका परिकारहरुलाई व्यवसायिक सिपको विकास गर्ने उद्देश्यका साथ खाना महोत्सवको आयोजना गरिएको थियो । आठओटा स्टल रहेको खाना महोत्सवमा सेकुवा, भुटुवा, सेलरोटी, बटुक, मम लगायतका परिकारहरू विद्यार्थी आफै तयार गरेका थिए ।

कार्यक्रममा खेल सप्ताहमा उत्कृष्ट हुने विभिन्न विधाका खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्रले पुरस्कृत गरिएको छ । विद्यार्थीहरूमा मानवीय सेवाको भावना विकास गर्नका निम्ति विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरू गरी १०१ युनिट रगत सङ्कल भएको कार्यक्रम संयोजक डा। नारायण प्रसाद पन्थले बताए ।खाना महोत्सवमा आठओटा स्टलमा गरी जम्मा चारलाख बराबरको आर्थिक कारोबार भएको र एक लाख पन्ध्र हजार मुनाफा भएको र त्यो मुनाफा विद्यार्थीहरू आफैले बाँड्ने कार्यक्रम संयोजक दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।