ताजा अपडेट »

टिप्पर दुर्घटना हुँदा तिलोत्तमाका २ युवाले गुमाए ज्यान

सोमबार, ०७ फागुन २०८०, १५ : १०
352 Shares

बुटवल । पाल्पाको माथागढी गाउँपालिका-५ आर्थोकघाटमा सोमबार विहान टिप्पर दुर्घटनाहुँदा दुई युवाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी मृत्यु हुनेहरुमा रुपन्देहीको तिलोत्तमा–१६ का टिप्पर चालक २४ वर्षीय प्रदिप कुमाल र सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सोमबार विहान रहबास–खैरेनी भित्री कच्ची सकड खण्डमा घामिका ढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।