ताजा अपडेट »

एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए बाबर

बुधबार, ०४ पुस २०८०, १८ : ४६
24 Shares

काठमाडौं । आईसीसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् ।

नयाँ वरियतामा भारतका ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै आजम पहिलो स्थानमा उक्लिएका हुन् । वरीयतामा भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा छन् । 

यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।