ताजा अपडेट »

रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई ५०१ भन्दा धेरै दक्षिणा दिन नपाइने, दिए कारबाही

आइतबार, २६ कार्तिक २०८०, १० : ४९
44 Shares

बुटवल । देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरिएको उनले बताए । त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।