ताजा अपडेट »

एमाले बुटवल–३ को आयोजनामा स्वास्थ्य शिविर

शुक्रबार, २६ असोज २०८०, २१ : ३३
14 Shares

बुटवल । नेकपा एमाले बुटवल वडा नम्बर ३ ले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । नेकपा एमालेले जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यले स्वास्थ्य शिविरदेखि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको वडा कमिटी अध्यक्ष पदम रिजालले बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम शर्मा न्यौपानेले एमालेले जनतासँग जोडिने खालका कार्यक्रमहरु गरिरहने बताए । जनतासँग सरोकार राख्ने स्वास्थ्य शिविरदेखि विभिन्न खालका रचनात्मक कार्यक्रमहरु देशभर सञ्चालन गरिने बताए । नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा अर्याल, नगर अध्यक्ष किसन ज्ञावाली, उपाध्यक्ष शोभाखर पोखरेल, यमराज पाण्डे, मेघराज भट्टराई लगायतले पार्टीको गतिविधिलाई जनतासँग जोड्नेगरी सञ्चालन गरिने बताए ।

शिविरबाट १६५ जनाले स्वास्थ्य सेवा लिएका थिए । वडा कमिटी अध्यक्ष पदम रिजालको अध्यक्षयता र सचिव गणेश अधिकारीको सन्चालनमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।