ताजा अपडेट »

इरानमाथि नेपालको सहज जित

विहीबार, २५ असोज २०८०, १३ : १९
24 Shares
विहीबार, २५ असोज २०८०
24 Shares

काठमाडौं । नेपालले यू १९ प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ । 

मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो ।नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो । नेपालका कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।