१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

पञ्जाब । नट बोल्ट, सेफ्टी पिन, लकेट, राखी, इयरफोन, स्क्रू खान मिल्छ ? यो प्रश्नको जवाफ ‘मिल्दैन’ भन्ने अवश्य आउनेछ । तर पञ्जाबको मोगाबाट यस्तो अचम्मको घटना बाहिर आएको छ, जसले सारा विश्वको ध्यान तानेको छ । वास्तवमा मोगाका ३५ वर्षीय कुलदीप सिंह दुई वर्षदेखि पेट दुख्ने र ज्वरोबाट पीडित थिए । धेरै ठाउँमा उपचार गराए पनि राहत मिलेन ।

Advertisement

मंगलबार (२६ सेप्टेम्बर) जब उनी अस्पताल गएका थिए तब मोगाको मोगा मेडिसिटी अस्पतालमा चिकित्सकले कुलदीपको एक्स–रे गरे पछि छक्कै परे । एक्सरे रिपोर्टमा त बिरामीको पेटभित्र विभिन्न किसिमका वस्तु देखेर उनीहरु छक्क परे । अस्पतालका निर्देशक अजमेर सिंह कालराले एक्सरे गरेपछि पेटभित्र लकेट, चेन, नट, बोल्ट, इयरफोनलगायत अन्य धेरै वस्तु भेटिएको बताए । ‘त्यसपछि हामीले उनको शल्यक्रिया गर्ने निर्णय गर्‍यौं,’ उनले भने । 

कुलदीपले सेफ्टी पिन, म्याग्नेट, शर्टको बटन र जिपलगायत अन्य सामान खाएको देखिन्छ। करिब तीन घण्टासम्म चलेको उक्त शल्यक्रिया शल्य चिकित्सक अनुप हाण्डा र ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा. विश्वनुर कालराले गरेका थिए । कुलदीपलाई पिका डिसअर्डर रहेको डा. कालराले बताए । पिका एक खाने विकार हो, जसमा एक व्यक्तिले चीजहरू खान्छन, जुन सामान्यतया खाना मानिदैन। धारिलो वस्तु खाएकोले उनको पेटमा गहिरो चोट लागेको थियो । शल्यक्रिया सफल भए पनि उनी भेन्टिलेटरमा छन र अवस्था चिन्ताजनक छ । 

बिरामीका आफन्तलाई आफूले गैर खाद्य पदार्थ सेवन गरेको थाहा नभएको जनाएका छन । तर, डा ईश्वर कलबुर्गीले उनले आफू मानसिक समस्याबाट पीडित रहेको बताएका थिए । उनी विगत दुई/तीन महिनादेखि यी सिक्का निलिरहेका थिए अनि वान्ता र पेट दुख्ने समस्या भएपछि मात्रै अस्पताल आएका थिए ।

‘उनको लक्षणका आधारमा हामीले उनको एक्सरे गर्‍यौं। एक्स–रे र एन्डोस्कोपी गरे पछि पेटमा सिक्का भेटियो त्यसपछि हामीले उनको अपरेशन गर्ने निर्णय गर्‍यौं। पेट एकदमै फुलेको थियो । पेटका विभिन्न ठाउँमा धेरै सिक्का अड्किएका थिए । दुई घण्टाको शल्यक्रियापछि हामीले सबै सिक्का निकाल्यौं। अहिले बिरामीको अवस्था स्थिर छ’ निर्देशकले भने ।
 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता