ताजा अपडेट »

अर्घाखाँचीमा कर्मचारीले तीज मनाउन भन्दै लगेको सरकारी मोटरसाइकल प्रहरी नियन्त्रणमा

शनिबार, ३० भदौ २०८०, २१ : ००
51 Shares
शनिबार, ३० भदौ २०८०
51 Shares

बुटवल । अर्घाखाँचीमा कर्मचारीले तीज मनाउन भन्दै घर लिएर जान लागेको सरकारी मोटरसाइकललाई स्थानीयको विरोध पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।शहरी बिकास तथा भवन कार्यालय रुपन्देहीको बा २ ब ४८२ नम्बरको मोटरसाइकल इप्रका ठाडाले नियन्त्रणमा लिएको छ । 

कर्मचारी नारायण अधिकारीले तीज मनाउनको लागि घर जान लागेको र आफुलाई शनिवार मोटरसाइकल चलाउने अनुमती भने नरहेको आधिकारी आफैले बताए । सितगंगाको भेडामारे नजिक चेकिङमा बसेको प्रहरीले सो मोटरसाइकललाई चेक नगरे पछि स्थानीयले विरोध गरेका थिए ।

सबै कागजपत्र र ट्राफिक नियमको पालना गरेर चलाएकालाई दुख दिएको र सरकारी मोटरसाइकल तिव्र गतिमा भए पनि चेक जान दिएको एक प्रत्यक्षदर्शीले बताए । यस्तै प्रहरीले भने आफुहरुले रोके पनि तिव्र गतिमा रहेको मोटरसाइकल नरोकेको बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।