१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

भैरहवा । यस क्षेत्रको प्रख्यात फुटबल प्रतियोगिता लिस्नु कपको २१ औं संस्करण भदौ २३ गते देखी कोटिहवामा सुरु हुदैछ । प्रतियोगीको प्रथम पुरस्कार ३ लाख ५ हजार रुपैया रहेको छ । २१ औं संस्करणबारे जानकारी उद्देश्यले पत्थरडाडामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै क्लबका तर्फबाट खेल संयोजक समेत रहेका नेम बहादुर गुरुङ्गले स्थानियहरुले पर्वको रुपमा मनाउने लिस्नु कप फेरी सुरु हुनु सुखद रहेको बताए । उनले प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र वालिङ्गबाट गरि १२ वटा टिमको सहभागीता रहने जानकारी दिए । स्थानिय पशुपती माध्यमिक बिद्यालय कोटिहवामा आयोजना हुने प्रतियोगिताको फाईनल खेल असोज ५ गते खेलाईने क्लबका कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्रीले बताए ।

खेलमा प्रथम हुने टिमलाई नगद ३ लाख ५ हजार , दोश्रो हुनेलाई १ लाख ५५ हजार र सेमी फाईनलमा पुगेका अन्य २ टिमलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताका मोष्ट भ्यालुएबल खेलाडीलाई २५ हजार, प्रत्येक मैचका मेन अफ द म्याचलाई ३ हजार ५ सय, बेस्ट गोलकिपर, राईजिङ प्लेयर, हाईस्कोरर लाई जनही १० हजार रुपैयाका दरले पुरस्कृत गरिने उनले जनाए ।

प्रतियोगितालाई स्थानिय श्री कुमारी गुरुङ्ग र उनको परिवारले आफ्नो बुवा स्वर्गिय जमान सिंह गुरुङ्गको स्मृतिमा मूख्य प्रायोजन गरेकी छिन । करिब २० लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिताको लागि अन्य रकमको जोहो टिकट एवम सह प्रायोजकहरु मार्फत गरिएको आयोजकको भनाई छ । क्लबका अध्यक्ष तिर्थराज मल्लले प्रतियोगितको क्वार्टर फाईनल सम्मका खेलका लागि जनही १ सय रुपैया, सेमी फाईनल तथा फाईनल खेलका लागि २ सय रुपैया टिकट तोकिएको बताए । यस्तै दैनिक रुपमा खेल हेर्न आउने दर्शकको लागि सिजनल टिकटको रुपमा १ हजार रुपैया तोकिएको उनले बताए ।

प्रतियोगिता ९ जना खेलाडी लिएर मात्र खेलाईने उनले बताए । खेल मैदानको अभाव तथा वर्तमान खेल मैदानलाई हेरेर यो नियम बनाइएको हो । एक टिममा ९ जना खेलाडी, अतिरिक्त खेलाडी, कोच, टिम म्यानेजर गरि १६ जना मात्र सहभागी हुन पाउने मल्लले बताए । २०५७ सालमा स्थापित लिस्नु क्लबले सुरु देखी नै प्रतियोगिताको आयोजना गर्दै आईरहेको क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए ।

उनले क्लब फुटबल प्रतियोगितामा मात्र सक्रिय नभई बिभिन्न सामाजिक क्रियाकलापमा पनि लागेका बताए । उनले निरन्तर रक्तदान कार्यक्रम, नेपाल अविनाश अनाथ आश्रमको सह–संरक्षकका रूपमा रहि अनाथ आश्रमलाई निरन्तर आर्थिक तथा जिन्सी सामाग्री सहयोग प्रदान गर्ने गरेको, निरन्तर सरसफाई कार्यक्रम गरेको, निरन्तर विभिन्न खेलकुद प्रतियोगिताको आयोजना, ट्राफिक नियम सचेतना अभिवृद्धि कार्यक्रममा क्लब सक्रिय रहेको क्षेत्रीले बताए ।

क्लबका अध्यक्ष तिर्थराज मल्लको अध्यक्षता, क्लबका निर्वतमा अध्यक्ष एवम तिलोत्तमा वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल फूटबल संघका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक बहादुर पुनले बोलेका थिए । क्लबका सचिव मनोज कुमार क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष कृष्ण गुरुङ्गले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा