ताजा अपडेट »

डीपीएल : आज दुई खेल हुँदै

बुधबार, ०१ फागुन २०७५, ११ : ५५


फागुन १,

काठमाडाैं ।  तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा बुधबार दुई खेल हुँदैछ । आजको खेलमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड तथा धनगढी स्टार्स र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।

फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं र महेन्द्रनगरले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा धनगढी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बिहान ९ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।