१३ मंसिर २०८०, बुधबार

Nov 29, 2023

लमजुङ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लमजुङकाे संयाेजककाे जिम्मेवारी रामचन्द्र पाैडेललाई दिइएकाे छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको सातौङ पूर्ण बैठकले पाैडेललाई जिल्ला संयाेजककाे जिम्मेवारी दिएकाे हाे ।

Advertisement

बैठकले यस अघि पार्टीले दिएकाे जिम्मेवारी हेरफेर गरेकाे हाे । यस अघि लमजुङ जिल्ला संयाेजकमा लालबहादुर गुरूङ थिए ।नवनियक्त जिल्ला समन्वय संयाेजक पाैडेल यस अघि जिल्ला कमिटीकाे सचिव थिए । लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ६ भाेर्लेटारका निबासी पाैडेलले याेंग कम्युनिष्ट लिग नेपाल लमजुङकाे अध्यक्षसमेत भइ काम गरिसकेका छन् ।

प्रदेश कमिटी वैठकले लमजुङ जिल्ला इन्चार्जमा आशा कोईरालालाइ जिम्मेवारी दिएकाे छ । यसअघि लमजुङ जिल्ला इन्चार्जमा पारसमणि पाेडेल थिए । नेकपा माओवादी केन्द्रले अहिले “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” सञ्चालनन गरिरहेकाे छ । “घरघरमा माओवादी, जनजनमा माओवादी” भन्ने नाराका साथ शुरू यस अभियानअन्तर्गत पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने लक्ष्य राखिएकाे छ ।

यस अभियानअन्तर्गत २५ लाख मतदातासंग प्रत्यक्ष भेट गरी माओवादी नेतृत्वकाे सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायकाे क्षेत्रमा गरेकाे कामकाे बारेमा जानकारी गराउने लक्ष्य राखिएकाे छ । यस अभियानका लागि केन्द्रीय सदस्य रहेका नेताहरूलाइ सबै पालिकामा खटाइएकाे छ । त्यस्तै प्रदेश कमिटीका सदस्यहरूलाइ वडा वडामा खटाइएकाे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर