ताजा अपडेट »

सरकार बनाउने विषयमा कांग्रेससँग कुरा नभएको ओलीको प्रस्टोक्ति

विहीबार, १४ असार २०८०, २० : ५३
8 Shares

भरतपुर । नेकपा एमाले केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा नेपाली कांग्रेससँग कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् ।

कांग्रेससँग आफूले पनि प्रस्ताव नगरेको र कांग्रेसले पनि आफूलाई प्रस्ताव नगरेको उनले बताए । पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।