ताजा अपडेट »

स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निरीक्षण

विहीबार, १४ असार २०८०, १७ : २३
34 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिएका हुन् । उनले उपचारका लागि आएका विरामी र उनीहरुका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानी समेत गरेका थिए ।

अस्पतालले स्वास्थ्य विमा कार्यक्रम मार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिएका थिए । मन्त्री बस्नेतले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।