१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

नया दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धी अमेरिकाको तीन सहरको भ्रमणका लागि सान फ्रान्सिस्को पुगेका छन् ।

Advertisement

यस क्रममा उनले भारतीय समुदायका मानिसहरू र अमेरिकी सांसदहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । राहुल गान्धीलाई एयरपोर्टमा इन्डियन ओभरसीज कंग्रेसका अध्यक्ष साम पित्रोडा र संगठनका अन्य सदस्यहरूले स्वागत गरेका थिए। राहुलले सान फ्रान्सिस्कोको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्ने सम्भावना रहेको छ।

त्यसपछि उनले वासिङ्टनमा पत्रकार सम्मेलन गर्नुका साथै सांसद तथा संस्थासँग आबद्ध व्यक्तिसँग भेटघाट गर्नेछन् । कांग्रेस नेता गान्धीले आफ्नो एक हप्ता लामो अमेरिका भ्रमणको क्रममा भारतीय अमेरिकीहरूलाई सम्बोधन गर्ने र वाल स्ट्रीटका अधिकारीहरू र विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्ने सम्भावना छ। 

उनले जुन ४ मा न्युयोर्कमा सार्वजनिक कार्यक्रम गरेर आफ्नो भ्रमणको समापन गर्ने कार्यक्रम छ । वार्ता न्यूयोर्कको जाभिट्स सेन्टरमा हुनेछ।

गान्धीको भ्रमण ‘साझा मूल्य र वास्तविक लोकतन्त्र’ को दृष्टिकोणलाई बढावा दिनको लागि भएको का‌ग्रेसका नेताहरुले बताएका छन् ।गत आइतवार अमेरिका यात्राको लागि नयाँ सामान्य राहदानी जारी गरिएको थियो। कांग्रेसका पूर्व अध्यक्ष गान्धीले सांसदका रूपमा जारी गरेको कूटनीतिक राहदानी बुझाए पछि उनले सामान्य राहदानीका लागि निवेदन दिएका थिए ।

गत महिना गान्धीलाई गुजरातको सुरतको अदालतले आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेपछि सांसदको रूपमा अयोग्य घोषित गरेको थियो। त्यसपछि राहुलले कूटनीतिक यात्रा कागजात फिर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ