ताजा अपडेट »

बसले कारलाई ठक्कर दिँदा बुटवलको सञ्जुसहित २ जनाको मृत्यु

मंगलबार, १६ जेठ २०८०, २१ : ४८
26 Shares

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । आज धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुर आउँदै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

दुर्घटनामा कार चालक गोरखाको आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा. सञ्जु खाती खड्काको ज्यान गएको प्रहरीको भनाइ छ । प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।