१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । भारतको ‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने भएको छ । 

Advertisement

नेपालको राष्ट्रियतमाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै संघर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको छ । जसको चौतर्फीविरोध भइरहेका बेला राप्रपाको युवा संगठन संघर्षमै उत्रिन लागेको हो । 

‘राष्ट्रियतमाथि प्रहार हुँदा चुप लागेर बस्न सकिँदैन । हामी यसको सशक्त विरोध र भर्त्सना गर्छाैं र सच्याउन माग गर्छाैं,’ संगठन संयोजक केसीले भने । 

भारतको उक्त कदमले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध मात्रै नभएर नेपालको राष्ट्रियताथिकै प्रहार भएको उनको भनाइ छ । 
‘भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालको भूमि कपिलवस्तु र लुम्बिनीसमेतलाई उल्लेख गर्नु नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्धको कदम मात्रै होइन यो नेपालको राष्ट्रियता माथीको प्रहार पनि हो । यसको जति भर्त्सना गर ेपनि कम हुन्छ । सरकारको गम्भीर ध्यानाकर्षण होस । सबैले यसको डटेर विरोध गरौं,’ उनले भने । 

भारतको नक्साबाट लुम्बिनी, कपिलवस्तुसहित नेपालको स्थान हटाउन माग गर्दै बुधबारबाट संघर्षमा उत्रिन लागेको जानकारी दिँदै उनले विरोध कार्यक्रममा सहभागी हुन सबै नेपालीहरुमा आह्वान पनि गरेका छन् । विरोधसभादेखि सरकारलाई ज्ञापनपत्रसम्म बुझाउने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ