१३ मंसिर २०८०, बुधबार

Nov 29, 2023

रौतहट। केही सातायता गौर र यसको सीमावर्ती भारतीय सहर बैरगनिया, सितामढीमा भारतीय रुपैयाँ अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बनेको छ । 

Advertisement

विगतमा गौरमा भारतीय रुपैयाँ हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो, भारतीय रुपैयाँको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु । हाल १ सय भारतीय रुपैयाँको मूल्य १५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा १ सय भारतीय रुपैयाँको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । पुसभन्दा अघि भारतका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारतीय रुपैयाँका लागि १६५ नेपाली रुपैयाँसम्म लिन्थे ।

गत पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा भारतीय बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा यो ‘बट्टा’ दर घटेर १६० रुपैयाँमा झ¥यो । त्यसको एक महिनापछि अर्थात् माघदेखि आश्चर्यजनक रुपमा भारतीय बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् भारतमा सुरुमा नेपाली १५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अहिले नेपाली १५५ रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।

नेपाल भएर भारततर्फ तस्करी हुने चिनियाँ सुन र लागुऔषध गाजाका कारण सीमावर्ती भारतीय बजारहरुमा ठूलो परिमाणमा नेपाली मुद्राको माग बढेर नेपाली मुद्राको मूल्य बढेको जानकारहरु बताउछन् । नेपाली तथा चिनियाँ व्यापारीहरूले यी दुवै वस्तुको भुक्तानी भारतीय व्यापारीहरूसँग नेपाली मुद्रामा गर्न चाहन्छन्, यस्तो अवस्थामा करोडौं रुपैयाँ नेपाली मुद्राको माग हुन थालेकोले भारतीय सुन तथा लागुऔषध कारोबारीहरूले भारतीय बजारमा आएको नेपाली रुपैयाँ महँगो मूल्यमा खरिद गरेर नेपाली मुद्रालाई महत्त्व दिन थालेका हुन् ।

यसैगरी चिनियाँ सुन मात्र नभई गरम मसला र सिल्कको धागोको अवैध कारोबार पनि नेपाली र भारतीय व्यापारीहरुबीच बढेकाले भारतीय बजारमा भारुको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

यसबाहेक भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालमा मदिरा सेवन तथा खरिदको माध्यमबाट पनि ठूलो परिमाणमा भारु नेपालमा आइरहेको छ । यसरी नेपालीले सहजै भारु पाउदा उनीहरुले किनमेलका लागि भारतीय बजारमा बट्टा तिरेर नेपाली रुपैयाँ पनि ल्याउन कम गरेकाले भारतमा नेपाली मुद्रा बलियो भएको उनको बुझाइ छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर