२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

काठमाडौं ।  किस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो । इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टका अनुसार इमरान खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । इमरान खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुगेका थिए ।

Advertisement

इमरान खानले आईएसआई अधिकारीले आफ्नो हत्याको योजना बनाएको आरोप लगाएका थिए । तर, यसको  सोमबार पाकिस्तानी सेनाले इमरान खानको आरोपको निन्दा गरेको थियो र आरोपहरूलाई ’अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेको थियो । त्यसको एक दिनपछि मंगलबार उनलाई पक्राउको खबर बाहिर आएको छ ।

इमरान खानको आरोपबारे सेनाको मिडिया शाखा ’इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स’ (आईएसपीआर)ले भनेको छ, ‘इमरान खानको मनगठित र दुर्भावनापूर्ण आरोपहरू अत्यन्त दुर्भाग्यपूर्ण, निन्दनीय र अस्वीकार्य छन् । विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाउँदै आरोप–प्रत्यारोप लगाइँदै आएको छ ।’

गत शनिबार एक ¥यालीमा इमरान खानले इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) का अधिकारी मेजर जनरल फैसल नसीरले आफूलाई मार्ने योजना बनाएको आरोप लगाएका थिए । 

७१ वर्षीय इमरान खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरीफ र आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए । यस आक्रमणमा उनको खुट्टामा तीनवटा गोली लागेको थियो ।
 

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै