६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा हुने लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।

Advertisement

अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बिहीबार अर्थात् चैत २३ गते प्रतियोगिता आयोजना गरेको हो । देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रने अध्यक्ष ध्रुव आचार्यले बताए । अहिलेसम्म ६० जिल्लाका २ हजार १ सय जनाले नाम दर्ता गराएका छन् । प्रतियोगितामा महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ।

बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दीप बालेपछि त्यही दीपसहित खेलाडीहरु म्याराथनमा उत्रनेछन् । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गर्ने छ । म्याराथनको तयारी सकिएको अध्यक्ष आचार्यले बताए ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

यसैसन्दर्भमा मंगलबार म्याराथनका लागि खट्ने स्वयमसेवकहरुको बैठकसमेत लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउनेगरी सबै तयारी गरिएको अध्यक्ष आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य