२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

गुल्मी । गुल्मीको स्ववियु निर्वाचनमा वामगठन्धनका विद्यार्थीहरुको वर्चश्व देखिएको छ । जिल्लाका ११ वटा क्याम्पस मध्ये ९ वटा क्याम्पसमा बामगठन्धनले जितेर उनिहरुको बर्चश्व देखिएको हो । स्ववियु निर्वाचनमा रानीवासको श्रृंगेश्वर बाहेक अन्य क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएका थिए । फलस्वरुप ५ वटा क्याम्स जितेर अनेरास्ववियु पहिलो संगठन बनेको छ । चार वटा क्याम्पस जितेर अखिल क्रान्तिकारी दोश्रो र दुई वटा क्याम्स जितेर नेवि संघ तेश्रो संगठन बनेको छ ।

Advertisement

अनेरास्ववियु र क्रान्तिकारीले जितेका क्याम्पस मध्ये अधिकांसमा सहमतिका आधारमा स्ववियुको नेतृत्व चयन भएको हो । जम्मा ३ वटा क्याम्पसमा चुनाव भएको थियो । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मीता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुँवर सभापतिमा निर्वाचित भएका छन् । यी मध्ये रुद्रावतीमा मात्र निर्वाचनबाट नेतृत्व चयन भएको हो । रिडी र दिगामबाहेक अन्य सबै क्याम्पसमा अन्य विद्यार्थी संगठनसँग गठबन्धन छ ।

त्यस्तै अखिल क्रान्तिकारीबाट चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रभा पौडेल, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा ईन्द्र पोखरेल, जनज्योति क्याम्पसमा जीवन पौड्याल र श्रृङ्गेश्वर बहुमुखि क्याम्पसमा विशाल थापा सभापतिमा निर्वाचित भएका छन । क्रान्तिकारीले जितेका मध्ये श्रृङ्गेश्वरमा मात्र निर्वाचन भएको हो । अन्यमा विभिन्न संगठनसँग गठबन्धन छ । नेविसंघले जिल्ला सदरमुकामको रेसुङ्गा बहुमुखी क्याम्पस र रुरु संस्कृत विद्यापिठमा सभापति जितेको छ । जिल्लाको सबै भन्दा ठुलो र प्रतिस्ठाको बिषय बन्ने सदरमुकाम तम्घासकोा रेसुङ्गामा बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुको संयुक्त गठबन्धनलाई ढलाउँदै नेवि संघको प्यानलले विजयीको झण्डा फराएको छ ।

सभापतिमा नेवि संघका पुनाराम घिमिरे भारी मतान्तरले विजयी भएका छन । घिमिरेले ३९५ मत पाएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी अनेरास्वुवियु संयुक्तका नविन अर्यालले २६८ मत प्राप्त गरेका थिए । यति धेरै मतान्तर होला भनेर स्वयम नेवि संघका नेताहरुले समेत अनुमान नगरेको बताउँछन । सो प्यानलका सचिव पदका उमेदवार सुदिप खत्रीले पनि ३८७ मत ल्याएर बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी हुमाकान्त पोखरेलले २७३ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा नेवि संघकी यमुना सेनले ३८५ मत ल्याएर विजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्धी सिर्जना गिरिले २७५ मत प्राप्त गरेकी थिईन । लोकप्रिय मत ल्याउने नेवि संघ विजयी सदूय अनिष पन्थी रहेका छन । उनले ४१० मत प्राप्त गरेका थिए । त्यस्तै सोही प्यानका अनु्प सुनारले ३८६ मत, अलिशा पाण्डेले ३८९ मत , किरण थापाले ३८४ मत र कमल कुवरले ३४६ मत प्राप्त गरि कार्य समिति सदस्यमा निर्वाचित भएका छन । त्यस क्याम्पसमा कुल मतदाता ७६२ रहेकोमा ६७१ मत खसेको निर्वाचन अधिकृत यमबहादु्र थापाले बताए ।

१४ बर्षपछि नेविसंघले विरासत फर्कायो
२०६५ साल अघि सम्म नेवि संघको एकलौटी किल्ला भनिएको त्यस क्याम्पसलाई एमाले र माओवादी निकट विद्यार्थीहरुको संयुक्त प्यानलले निर्वाचनबाट किल्ला भत्काएको थियो । त्यति बेला अनेरास्ववियुका ज्ञानबहादुर महतराले सभापति जितेका थिए । सोही प्यानलले २०७३ सालमा पनि श्रीराम महत सभापति सहितले विजय हाँसिल गरेका थिए । अहिले १४ बर्ष पछि नेवि संघले आफ्नो विरासत भारी मतान्तरले फर्काएको छ ।
अन्यत्र बामगठबन्धन भनिए पनि श्रृंगेश्वर क्याम्पसमा नेवि संघको सहयोगमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको हो । त्यस्तै रुरु संस्कृति विद्यापिठमा फेरी क्रान्तिकारीको सहयोगमा नेवि संघका नारायण पन्थीको सभापतित्वमा स्ववियु गठन भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो