ताजा अपडेट »

रोटरीद्वारा हेल्थ पोस्टमा कुरुवाहल निर्माण

आइतबार, २७ माघ २०७५, १२ : ३८
10 Shares

माघ २७,
विष्णु खत्री
सैनामैना । ‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने उद्देश्यले सञ्चालित रोटरी क्ल्व अफ सैनामैना,सैनामैना नगरपालिका र रोटरी डिष्ट्रिक्टको संयुक्त लगानीमा पर्रेाहा हेल्थ पोष्टमा निर्माण गरिएको बिरामी तथा सुत्केरी कुरुवा हलको उद्घाटन गरिएको छ । सैनामैना नगरपालिका वडा न–४ मा रहेको पर्रोहा हेल्थ पोस्टमा निर्माण गरिएको कुरुवा हलको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको हो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले निजी क्षेत्रको सक्रियता बिना समाज परिवर्तन हुन नसक्ने बताउनुभएको छ । उहाँले हेल्थ पोष्टमा बिरामीका कुरुवालाई दिउसो र रातिको समयमा बस्ने स्थानको अभाव नहोस भन्ने उद्धेश्यले बनाईएको यो हलबाट धेरैलाई सहयोग पुग्ने धारण राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले सिर्जनात्मक निर्माणका कार्यहरुमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


आर.आई डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन १८ का एसिसटेन्ट गर्भनर एजाज आलमले सामाजिक दायित्व बहन गर्दै क्लवले निर्माण गरेको कुरुवाहल एक उदाहरणीय कार्य रहेको बताउनुभयो । साथै उहाँले पछिल्लो समयमा रोटरीले शिक्षा र स्वास्थ्यलाई विशेष प्रथामिकतामा राखेर कार्यक्रमहरु गरिरहेको जानकारी गराउनभुयो ।


क्लवले स – साना प्रोजेक्ट सँगै अब ठुला ठुला प्रोजेक्टहरुका लागि योजनाहरु बनाएर अघि बढ्नुपर्ने क्लवका सस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले बताउनुभयो । क्लवका अध्यक्ष खुसीराम चौधरीले सबैको साथ र सहयोगले कुरुवाहल निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले क्लवले विगतमा गरेका कार्य र अब गर्ने कार्य योजनाहरुको बारेमा समेत जानकारी गराउनुभयो । सैनामैना थारु कल्याणकारी सभा अध्यक्ष दुल बहादुर थारुले क्लवले गरेको कार्यप्रति प्रशंसा गर्नुभयो ।


कार्यक्रम संयोजक पिताम्बर न्यौपानेले रोटरी क्लव अफ सैनामैनाको १ लाख ६५ हजार, सैनामैना नगरपालिकाको १ लाख र रोटरी डिष्ट्रिकको १ लाख गरी कुल ३ लाख ६५ हजारको लागतमा कुरुवाहल निर्माण गरिएको जानकारी गराउनुभयो ।


कार्यक्रम क्लवका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता,सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा आर आई डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन १८ का एसिसटेन्ट गर्भनर एजाज आलमको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको हो ।


क्लवका ईलेक्ट प्रेसिडेन्ट प्रेम कुमार शर्माको स्वागत तथा प्रेसिडेन्ट नोमिनी दुर्गा गौतमको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा आईपिपी मान महत, वडा न ३ का वडाध्यक्ष रत्न बहादुर पौडेल, सैनामैना उधोग बाणिज्य संघ अध्यक्ष राजबहादुर क्षेत्री, ईलाका प्रहरी कार्यालय रन्यौरा प्रमुख केशव बहादुर बस्नेत र रोटरी रोट्रयाक्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन क्लवका सचिब अशोक रानाले गर्नुभएको थियो । विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था रोटरी क्लव अफ सैनामैनाले एम्बुलेन्स सेवा समेत सञ्चालन गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।