ताजा अपडेट »

बुटवलको देविनगरबाट रातको समयमा बाटो ढुकी लुटपाट गर्ने ३ युवा पक्राउ

बुधबार, १० फागुन २०७९, १७ : १५
52 Shares

बुटवल । रातको समयमा बाटो ढुकेर यात्रुलाई धम्क्याउँदै लुटपाट गर्ने ३ युवालाई बुटवलको देविनगरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीइ आदर्श हमाल, पदम बहादुर पुन र अंकित बि.क. रहेका छन् । उनीहरुको साथबाट चक्कु, फलामको काँडावाला पौन्च, लुटपाट गरेका मोवाइल तथा रकमसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सामेबार राती करिब १० बजेको समयमा बुटवल–११ बुद्धनगर पुलमा कामबाट घर फर्किँदै गरेका स्थानीय खुमान सिंह अर्गालीलाई मोटर साइकल रोक्न लगाई चक्कु देखाएर उनीहरुले लुटपाट गरेका थिए । अर्घालीको साथबाट ओप्पो कम्पनिको मोबाईल र नगद रकम पाँच हजार लुटपाट गरेपछि पीडितले अस्थायी प्रहरी चौकी देविनगरमा खबर गरेका थिए । खबर लगत्तै प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा पीडितबाट लुटेर लगिएको मोवाइलसहित पक्राउ गरेको थियो । पक्राउ परेका युवाहरुलाई चोरी कसुर शिर्षकमा मुदद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।