ताजा अपडेट »

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिड्दै

मंगलबार, ३० बैशाख २०८२, ०७ : २४
36 Shares
मंगलबार, ३० बैशाख २०८२
36 Shares

काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ । जसअनुसार तेस्रो खेलमा नेपालले आज हङकङ-चीनसँग खेल्नेछ । हङकङसँग भने यो दोस्रो खेल हो ।

थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए । तर, दोस्रो खेलमा नेपाल बहराइनसँग भिडन पुगेको थियो । जसलाइ ९ विकेटले पराजित गरेको थियो ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।