काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ । जसअनुसार तेस्रो खेलमा नेपालले आज हङकङ-चीनसँग खेल्नेछ । हङकङसँग भने यो दोस्रो खेल हो । खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ ।