ताजा अपडेट »

साफ यु-१९ च्याम्पियनसिप : आज साँझ नेपाल र भारत भिड्दै

मंगलबार, ३० बैशाख २०८२, ११ : १६
18 Shares
मंगलबार, ३० बैशाख २०८२
18 Shares

काठमाडौं । भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत समूह बी मा रहेका नेपाल र भारत आज भिड्दै छन् । समुह चरणको आन्तिम खेलमा आज जित निकाल्ने टोली समुह विजेता बन्नेछ । खेल नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । नेपालले आइतबार श्रीलंकालाई ५-० ले हराएको थियो । त्यस्तै विहीबार भएको खेलमा भारतले श्रीलंकामाथि ८-० को जित दर्ता गरेको थियो । यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ ।

आज नै समूह ए तर्फ पनि अघि बढ्ने टोलीको छिनोफानो हुनेछ । समूह ए मा बंगलादेश ४ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आज हुने माल्दिभ्स र भुटानको खेलले अर्को टोलीको टुंगो लाग्नेछ । भुटानलाई जित आवश्यक छ भने माल्दिभ्सले बराबरी गरेपनि सेमिफाइनल पुग्नेछ । बंगलादेशले माल्दिभ्ससँग २-२ को बराबरी खेल्दा भुटानलाई ३-० ले हराएको थियो ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू-१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।