ताजा अपडेट »

गुल्मीमा माछा मार्न गएका एक पुरुष खोलामा मृत फेला

मंगलबार, ३० बैशाख २०८२, १२ : ४३
154 Shares
मंगलबार, ३० बैशाख २०८२
154 Shares

गुल्मी । खोलामा माछा मार्न गएका गुल्मीका एक पुरुष मँगलबार विहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका-२ दाँइछाप बुटिलगाँउ निवासी ४५ वर्षीय ज्ञान बहादुर राकस बडिगाढ खोलामा मृत भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार राकसको शव मंगलबार बिहान जिल्लाको छत्रकोट गाउँपालिका-१ बोटेगाउँको रेग्दी छहरा स्थित बडिगाढ खोलाको किनारमा घोप्टो अवस्थामा मृत फेला परेको थियो । सोमबार अपरान्ह घरबाट माछा मार्न भनि खोलामा गएका राकस राती अबेरसम्म पनि घरमा नफर्केपछि परिवारद्वारा उनको खोज तलास गरिएको थियो ।

चन्द्रकोट गाउँपालिका-७ का स्थानीय जिवन माझीले मंगलबार बिहान अचानक खोलामा शव देखेपछि प्रहरीमा जानकारी गराएका हुन । घटनाको जानकारी पाएपछि श्रृङ्गा र रिडीबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सोमबार मध्यान्हपछि गुल्मीमा हावाहुरी सहित भिषण वर्षाद भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।