बुटवल । बुटवल(नारायणगढ सडक अन्तरगत चोरमारामा पुल भाचिएपछि अवरुद्ध भएको सडक राती अबेरपछि खुलेको छ । पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
रामार्गको पुल भाचिएपछि खोलामा डाइभर्सन निर्माण गरि सुचारु गरिएको हो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार काठमाडौंबाट आएर प्राविधिकहरुले आज पुलको निरीक्षण गर्ने छन् ।
पुलमा म.प्र.०३-००१ क ३१६३ नंको (१८ चक्के टेलर) किलिङ्कर कच्चा पदार्थ बोकेर होङ्सी सिमेन्ट कम्पनीबाट बिरगञ्जतर्फ जाँदैगरेको टेलर पुलमा गुड्दै गर्दा पुल भासिएको हो । प्रहरीले ओभरलोड ट्रक पुलको बिचमा अड्किएको जनाएको छ ।
प्रतिक्रिया